काठमाडौं- नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको मूल्य बढेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको थियो। मंगलबार र बुधबार गरी पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला १४ हजार १ सय रुपैयाँले बढेको छ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य हिजो मंगलबार पनि बढेको थियो। उक्त दिन चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेर ४ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो। मंगलबार र बुधबार गरी चाँदीको मूल्य प्रतितोला २ सय ४५ रुपैयाँले बढेको छ।
नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
