काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्।
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघ भित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायी मैत्री नीति निर्माणमा पैरवी गर्ने उनले बताएका छन्।
‘अहिले विभिन्न वस्तुगत सदस्यहरुको थुप्रै कानूनी तथथा व्यवहारिक समस्या रहेको छ,’ उनले भनेका छन्, ‘महासंघभित्र रहेर वस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस पैरवी तथा नीतिगत लबिङ गर्न मैले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको हुँ।’