शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना

सोमबार, चैत ७ २०७८
चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं- १ सय ३२ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ।

चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ कुनमिङबाट ग्वान्झाउका लागि उडिरहेको बेला गुआङ्सी प्रान्तको पहाडमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

दुर्घटनाबाट भएको क्षति अहिलेसम्म यकिन भएको छैन। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सुरक्षित हवाई उडानमा अगाडि रहेको चीनमा १२ वर्षपछि विमान दुर्घटनाको घटना भएको हो। 


प्रकाशित : सोमबार, चैत ७ २०७८११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend