बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सरुवा भएको ठाउँमा जान मानेनन् केही कर्मचारीले, खटाएको ठाउँमा नगए कारबाही गर्ने मन्त्री रावलको चेतावनी

बुधबार, चैत १८ २०८२
सरुवा भएको ठाउँमा जान मानेनन् केही कर्मचारीले, खटाएको ठाउँमा नगए कारबाही गर्ने मन्त्री रावलको चेतावनी

'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ’ मन्त्री रावलले भनेकी छन्।

काठमाडौं- सरकारले सरुवा गएको ठाउँमा जान नमान्ने कर्मचारीको प्रवृत्ति अझै कायम रहेको छ। सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जानका लागि केही कर्मचारीले अहिले पनि आनाकानी गरेका छन्। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ । त्यसरी जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न मन्त्रालयले  चेतावनी दिएको छ। 

यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन्। 

'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ’ मन्त्री रावलले भनेकी छन्।  

मन्त्रालयले यस अघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार  र उपमहानगरपालिकामा मङ्गलवार कर्मचारी पठाएको छ।  

अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघिका सरकारमा पनि सरुवा भएपछि नजाने तर पावर लगाएर अनुकूल ठाउँमै रहने प्रवृत्ति थियो। तर यो पालि त्यस्तो नहुने रावलले जानकारी दिएकी छन्। 

प्रकाशित : बुधबार, चैत १८ २०८२०६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend