बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

काज मिलाएर सुगमका अस्पतालमा बसिरहेका विशेषज्ञ चिकित्सकहरू फिर्ता

मंगलबार, चैत १७ २०८२
काज मिलाएर सुगमका अस्पतालमा बसिरहेका विशेषज्ञ चिकित्सकहरू फिर्ता

पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको मन्त्री मेहताले बताइन्।

काठमाडौं- सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसिरहेका विशेषज्ञ चिकित्सकहरू अब आफ्नै दरबन्दी भएको अस्पतालमा फर्किनुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभर स्वास्थ्य सेवाको सन्तुलन कायम राख्न तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न कडाइ गरेकी छिन्।

पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको मन्त्री मेहताले बताइन्।

उनले यस्तो कदम स्वास्थ्य सेवामा समानता ल्याउन र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा पनि यसप्रकारको नियन्त्रण जारी रहने जनाइन्।

प्रकाशित : मंगलबार, चैत १७ २०८२१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend