बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १७ २०८२
सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ

प्रहरीका अनुसार उनीहरूबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ सानोभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्।

उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङका ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ। रासस


प्रकाशित : मंगलबार, चैत १७ २०८२१६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend