बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

विगतका सरकारका ‘पावर ब्रोकर’ दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

मंगलबार, चैत १७ २०८२
विगतका सरकारका ‘पावर ब्रोकर’ दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

विदेश पलायन रोक्न, बिचौलियाको थप प्रमाण संकलन सहज बनाउन र अनुसन्धानको प्रभावकारिता सुनिश्चित गर्नका लागि उनलाई कालोसूचीमा राखिएको हो।

काठमाडौं- सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानको दायरा फराकिलो बनाउँदै विगतका सरकारसँग जोडिएका ‘पावर ब्रोकर’ दीपक भट्टलाई अध्यागमन विभागको कालोसूचीमा राखेको छ। यससँगै उनको पासपोर्ट रोक्का गर्ने निर्णय पनि लागू भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले पठाएको पत्रको आधारमा भट्टलाई कालोसूचीमा राखेर पासपोर्ट रोक्का गरिएको हो।

विदेश पलायन रोक्न, बिचौलियाको थप प्रमाण संकलन सहज बनाउन र अनुसन्धानको प्रभावकारिता सुनिश्चित गर्नका लागि उनलाई कालोसूचीमा राखिएको हो।

विगतका सरकारसँग भट्टको उच्च पहुँच थियो। 

पूर्वप्रधानमन्त्रीहरूको अनुसन्धानसँगै वर्षौँदेखि ‘आसेपासे’ बनेका सयौँ राजनीतिक बिचौलिया निगरानीमा पूर्वप्रधानमन्त्रीहरूको अनुसन्धानसँगै वर्षौँदेखि ‘आसेपासे’ बनेका सयौँ राजनीतिक बिचौलिया निगरानीमा

प्रकाशित : मंगलबार, चैत १७ २०८२१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend