काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी पनि सोही दिन हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
