काठमाडौं- अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेकाे छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयबाट सरुवा गरेका हुन्।
अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको हो। अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ।
मेरिटअनुसार पहिलो हुनेले पहिले पाेष्टिङ छान्ने, दाेस्राेले बाँकी २९ ठाउँमध्ये एक राेज्ने साथै मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार याे बढुवापछिकाे पदस्थापन भएको मन्त्रालयले जनाएको छ।
यसरी सरुवा गर्दा मेरिटकाे अन्तिम भएकाहरुले अरुले छाडेकाे र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ। राेजेकाे र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन याे विधिअनुसार अब अब्बल हुनुपर्ने मन्त्रालयले जनाएको छ।
को कहाँ पदस्थापन?
रामराज प्रसाद चौरसिया - सुनसरी भन्सार कार्यालय
गोपाल प्रसाद भट्टराई - भन्सार विभाग
प्रमोद दास - सिरहा भन्सार कार्यालय
कृष्ण प्रसाद न्यौपाने - आन्तरिक राजस्व कार्यालय, कृष्णनगर
केशव रघुवंशी - आन्तरिक राजस्व विभाग
हिमलाल शर्मा - आन्तरिक राजस्व विभाग
चक्र प्रसाद ढुंगाना - आन्तरिक राजस्व कार्यालय, सुर्खेत
शर्मिला सुवेदी - भन्सार विभाग
माया पन्थी - भन्सार विभाग
हरिप्रसाद भण्डारी - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय
सुरेन्द्र पाण्डेय - भन्सार विभाग
जागेश्वर शर्मा - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
धनिश्वर अर्याल - आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश
सतेन्द्र मोहन गुरुङ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
सूर्य बहादुर कुवँर - आन्तरिक राजस्व कार्यालय, दमक
सुन्दर श्याम ठाकुर - आन्तरिक राजस्व कार्यालय, बर्दिबास
खगेन्द्र सापकोटा - आर्थिक मामिला तथा याजना मन्त्रालय, कोशी प्रदेश
सुवर्ण कोइराला - आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश
दिपेन्द्र कुमार झा - आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश
गगन बहादुर शाही - आन्तरिक राजस्व कार्यालय, डडेलधुरा
ईश्वरी खत्री - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय
वामदेव पन्थी - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय
अम्विका प्रसाद फयल - आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश
उर्मिला कंडेल - आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश
युगल किशोर गौतम - आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदुरपश्चिम प्रदेश
मनोज गिरी - आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश
मीनु वसन्ती कपाली - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय
कोपिला आचार्य - आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश
अम्विका देवी सुवेदी - कञ्चनपुर भन्सार कार्यालय
बिदुर चुडाल - मुस्ताङ भन्सार कार्यालय