बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

प्रधानमन्त्री शाहले लिए सांसदहरूसँग ब्रिफिङ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
प्रधानमन्त्री शाहले लिए सांसदहरूसँग ब्रिफिङ

प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले जानकारी दिए।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले संघीय सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेक छन् । उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले जानकारी दिए।

'प्रधानमन्त्रीज्यूले क्षेत्रगत विषयका समस्याबारे ‘ब्रिफिङ’ लिनुभयो। तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी लिनुभयो,' उनले भने।

प्रत्येक सांसदले क्षेत्रगत रूपमा आ-आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिए। सांसद चौधरीले आफूले ट्रेड युनियनहरूले उठाइरहेको लेबी शुल्क रोक्नका लागि श्रम ऐनको २०७४ दफा ३८ (ज) संशोधन गर्नुपर्ने बारेमा ध्यानाकर्षण गराएको बताए।

प्रकाशित : सोमबार, चैत १६ २०८२१५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend