बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अब घुस दिन पर्दैन, लाइन लाग्न पर्दैन, थुनिन पर्दैन- अर्थमन्त्री डा. वाग्ले

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
अब घुस दिन पर्दैन, लाइन लाग्न पर्दैन, थुनिन पर्दैन- अर्थमन्त्री डा. वाग्ले

राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहाला भन्नेमा सरकार विश्वस्त रहेको उनको भनाइ छ।

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिन नपर्ने बताएका छन्।

 सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटघाटमा उनले व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ। अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ,’ भेटमा उनले भनेका थिए,’निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूका सहयात्री हौँ।अब  घुस खुवाउन पर्दैन,लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिन पर्दैन।’

बेइमानी गर्नेलाई कारबाहीको दायरामा ल्याइने तर वित्तीय अपराधलाई गैरअपराधीकरण गरिने उनको वाचा छ। 

राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्नेमा सरकार विश्वस्त रहेको उनको भनाइ छ।


प्रकाशित : सोमबार, चैत १६ २०८२१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend