बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

पहिरोले मेची राजमार्ग फेरि अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
पहिरोले मेची राजमार्ग फेरि अवरुद्ध

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो।

झापा- पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्ग आज बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ।

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उनका अनुसार अवरुद्ध सडक खुलाउन प्रयास जारी छ।

यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो।

इलामको रोङ गाउँपालिका-४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको हो। सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत १६ २०८२११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend