काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यसवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रततितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
