बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

आज मन्त्रिपरिषद बैठक, डेपुटी गभर्नर नियुक्ति होला?

सोमबार, चैत १६ २०८२
आज मन्त्रिपरिषद बैठक, डेपुटी गभर्नर नियुक्ति होला?

उक्त सिफारिस भएको सूचीबाट सरकारले दुईजना डेपुटी गभर्नर नियुक्त गर्नेछ।

काठमाडौं- आज दिउँसो ४ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। सरकार गठनपछि दोस्रो बैठक बस्न लागेको हो।

पहिलो बैठकबाट जेनजी आन्दोलनका बारेमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन तथा एक सय कार्यसूची पारित गरेको थियो। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले फरक फरक छलफल गरेका थिए। आफ्नै टिम निर्माण लगायतम जुटेका उनले आज बैठक बोलाएका हुन्।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति हुनसक्ने सम्भावन रहेको राष्ट्र बैंकमा चर्चा छ। आइतबार अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरबीचमा छलफल पनि भएको थियो। 

छलफल सामान्य भएको तर सिफारिसकै लागि कुनै ठोस कुराकानी भने नभएको स्रोतको दाबी छ। तर पनि तयारी अवस्थामै भएका कारणले सिफारिस गर्न सकिने अवस्था भने रहेको छ। 

नेपाल राष्ट्र बैंकका कार्याकारी निर्देशकहरूमध्येबाट गभर्नरले नियुक्तिका लागि बिकल्पसहित सिफारिस गर्ने व्यवस्था छ। उक्त सिफारिस भएको सूचीबाट सरकारले दुईजना डेपुटी गभर्नर नियुक्त गर्नेछ। 


प्रकाशित : सोमबार, चैत १६ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend