बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा बन्द गर्ने निर्णय, बैशाख १ देखि पूर्ण कार्यान्वयन

सोमबार, चैत १६ २०८२
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा बन्द गर्ने निर्णय, बैशाख १ देखि पूर्ण कार्यान्वयन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रम रोक्न निर्देशन दिएका हुन्।

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रम रोक्न निर्देशन दिएका हुन्।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्नालाई लक्षित गरी सञ्चालन गरिँदै आएका ‘इन्ट्रान्स प्रिपरेशन’ कक्षा र ‘ब्रिज कोर्स’ कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने उल्लेख गरिएको छ। यस्ता कार्यक्रमले अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थप्ने निष्कर्षसमेत मन्त्रालयले निकालेको छ।

मन्त्रालयका अनुसार विभिन्न शैक्षिक संस्थाहरूले भर्ना अघि तयारीका नाममा सञ्चालन गर्दै आएका यस्ता कक्षाहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गरिनेछन्। यस सम्बन्धी निर्णय २०८२ चैत १३ गते मन्त्रीस्तरबाट गरिएको हो।

निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ। साथै, यस्ता कार्यक्रम सञ्चालन भए–नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाईसमेत मन्त्रालयले आग्रह गरेको छ।


प्रकाशित : सोमबार, चैत १६ २०८२०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend