बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

भारत सरकारको १६ करोड रुपैयाँ आर्थिक सहयोगमा सुनसरीको दुहवीमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १५ २०८२
भारत सरकारको १६ करोड रुपैयाँ आर्थिक सहयोगमा सुनसरीको दुहवीमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

दुहवी नगरपालिकाका मेयर गच्छदारले यो नयाँ संरचनाले दुहवी नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारत सरकारको विकास सहयोगको प्रशंसा गरे।

काठमाडौं- सुनसरीको दुहवी नगरपालिका-४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। भारत सरकारको १६ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा परियोजना बन्न लागेको हो।

आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका छन्। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दुहवी नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। 

दुहवी नगरपालिकाका मेयर गच्छदारले यो नयाँ संरचनाले दुहवी नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारत सरकारको विकास सहयोगको प्रशंसा गरे।

नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।

प्रकाशित : आइतबार, चैत १५ २०८२१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend