काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन म्याद थपको अनुमति दिएको हो।
गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनको बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए। उक्त आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।