बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'अनर एक्स९डी' को खरिदमा 'दिपल एस०५' कार जित्ने मौका

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १५ २०८२
'अनर एक्स९डी' को खरिदमा 'दिपल एस०५' कार जित्ने मौका

काठमाडौं- चिनियाँ स्मार्टफोन निर्माता अनरले नेपाली ग्राहकका लागि आफ्नो उत्पादन 'अनर एक्स९डी' को खरिदमा 'दिपल एस०५' कार जित्न सकिने विशेष अफर ल्याएको छ। कम्पनीका अनुसार यो अफर आगामी ३० दिनसम्म उपलब्ध हुनेछ।

अभियान अवधिमा अनर एक्स९डी खरिद गर्ने ग्राहकले स्टाइलिस र फ्युचरिस्टिक दिपल एस०५ जित्ने मौका पाउनेछन्। यस्तै १५ हजार ९ सय ९९ रुपैयाँबराबरको अनर च्वाइस वाच २ प्रो  निःशुल्क पाउनेछन्।

एकपटक फ्रन्ट रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीले भएको क्षतिको मर्मतसहित ६ महिनाको सेवासुविधा उपभोग गर्न पाउनेछन्।

अनर एक्स९डी २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६९के वाटर रेसिस्टेन्स र ८३०० एमएएच ब्याट्रीसहित नेपाली उपभोक्ताको रोजाइमा परिरहेको स्मार्टफोन हो।

अनर एक्स९डी दुई भेरियन्टमा उपलब्ध छ। ८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेजको ५४ हजार ९ सय ९९ रुपैयाँ र १२ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेजको ५९ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको छ।

यो अफर नेपालभरका सबै आधिकारिक अनर रिटेल स्टोर तथा अनलाइनमा ३० दिनसम्म मान्य रहने छ।


प्रकाशित : आइतबार, चैत १५ २०८२१७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend