काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानूनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वगृहमन्त्री लेखकलाई गैरकानूनी रूपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुनुवाइ पनि भोलि नै हुनेछ। रासस