बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो नयाँ लुब्रिकेन्ट प्रविधि

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १५ २०८२
प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो नयाँ लुब्रिकेन्ट प्रविधि

काठमाडौं- लक्ष्मी ल्युब आयलले नेपालमै नयाँ आईएलएसएसी जीएफ-७/एपीआई एसक्यू प्यासेन्जर कार इन्जिन आयल रेन्ज भित्र्याएको छ।

नेपालका लागि टोटल इनर्जिजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले हालै सम्पन्न 'च्यानल पार्ट्नर्स मिट २०२६' मा सो लुब्रिकेन्ट सार्वजनिक गरेको हो। यससँगै नेपालमा पहिलोपटक आईएलएसएसी जीएफ-७ मापदण्डमा आधारित लुब्रिकेन्ट उपलब्ध भएको कम्पनीले जनाएको छ।

यसका साथै हाई पर्फमेन्स रोयल  रोयल क्रुजर १५डब्लू-५०, २.५ लिटर, सेमी सिन्थेटिक मोटरसाइकल आयल पनि सार्वजनिक गरिएको छ। विशेषगरी रोयल इन्फिल्ड मोटरसाइकलका लागि बनाइएको सो इन्जिन आयल क्लच प्रोटेक्ट टेक्नोलोजीका साथ उपलब्ध छ, जसले मोटरसाइकलको क्लचलाई लामो जीवन दिन्छ।

कार्यक्रममा देशभरबाट २०० भन्दा बढी च्यानल पार्टनरहरूको सहभागिता थियो। कार्यक्रममा टोटल इनर्जिज मार्केटिङ इन्डिया प्रालिका सीईओ र एक्जिक्युटिभ डाइरेक्टर विकेन नजरियानका साथै सिनियर म्यानेजर-एक्सपोर्ट्स प्रवीणकुमार तथा नेपालको तर्फबाट लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कम्पनीका अन्य प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमको मुख्य आकर्षण टोटल इनर्जिज क्वार्ट्ज जीएफ-७ रेन्ज सार्वजनिक थियो। यसअन्तर्गत तीन प्रमुख उत्पादनहरू क्वार्ज ९००० फ्युचर जीएफ-७ (०डब्लू-२०/५डब्लू-३०), क्वार्ज ७००० फ्युचर जीएएफ-७ (५डब्लू-३०) र क्वार्ज ९००० एक्स्ट्रा फ्युचर एक्सटी (०डब्लू-१६) छन्।

यी इन्जिन आयलहरू नवीनतम आईएलएसएसी जीएफ-७ मापदण्डमा आधारित छन्, जसलाई विशेषगरी टर्बोचार्ज्ड तथा उच्च इन्धन दक्षता भएका आधुनिक पेट्रोल इन्जिनयुक्त सवारीसाधनका लागि डिजाइन गरिएको हो। कम्पनीका अनुसार नयाँ फर्मुलेसनले लो-स्पिड प्रि-इग्निसन (एलएसपीआई) विरुद्ध राम्रो सुरक्षा, इन्धन दक्षता सुधार तथा इन्जिन सफाइमा उल्लेखनीय सुधार प्रदान गर्छ।

त्यसैगरी लक्ष्मी ल्युब आयलले ‘डिलर अफ द इयर २०२५’ का रूपमा जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्स, ‘रिटेलर अफ द इयर २०२५’ का रूपमा नक्सालस्थित मोटर मार्ट अटो पार्ट्स तथा ‘बेस्ट ओईएम/फ्लिट अफ द इयर २०२५’ का रूपमा एलआई सर्भिसलाई घोषणा गरेको छ।

कम्पनीका अनुसार ‘डिलर अफ द इयर २०२५’ लाई पुरस्कारस्वरूप थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिएको छ भने ‘बेस्ट रिटेलर अफ द इयर २०२५’ लाई वासिङ मेसिन प्रदान गरिएको छ।

कार्यक्रमलाई अझ आकर्षक र सहभागीमूलक बनाउन लक्की ड्रको व्यवस्था गरिएको थियो, जसमा विजेतालाई १९० लिटर क्षमताको फ्रिज प्रदान गरिएको छ।

कार्यक्रम केवल प्रोडक्ट सार्वजनिक गर्ने मात्र नभई यसलाई कम्पनीको देशभर फैलिएको डिस्ट्रिब्युसन नेटवर्कलाई थप मजबुत बनाउने रणनीतिक प्लेटफर्मका रूपमा प्रयोग गरिएको थियो। कम्पनीले उत्कृष्ट प्रदर्शन गर्ने डिलर तथा रिटेलरहरूलाई सम्मान गर्दै बजार विस्तारमा उनीहरूको भूमिकाको प्रशंसा गरेको थियो।


प्रकाशित : आइतबार, चैत १५ २०८२११:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend