बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

इजरायलका परराष्ट्रमन्त्रीले दिए नेपाली समकक्षी शिशिर खनाललाई बधाई

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १५ २०८२
इजरायलका परराष्ट्रमन्त्रीले दिए नेपाली समकक्षी शिशिर खनाललाई बधाई

मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।

काठमाडौं- इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन्।

मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।

यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

प्रकाशित : आइतबार, चैत १५ २०८२११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend