काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। गएको शुक्रबार सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा काराोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
