काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीले पूर्वमन्त्री खड्कालाई आज बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
पछिल्लो कानूनी व्यवस्थाअनुसार प्रहरीले नै सम्पत्ति शुद्धीकरणको अनुसन्धान तथा अभियोजन गर्न पाउने व्यवस्था रहेको छ।