बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

२०८२ भाद्र २४ को घटनाको छानबिनपछि कारबाही अघि बढाइने

शनिबार, चैत १४ २०८२
२०८२ भाद्र २४ को घटनाको छानबिनपछि कारबाही अघि बढाइने

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

काठमाडौं- प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

समितिलाई एक हप्ताभित्र गठन गरी घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण गर्ने र जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था मिलाइएको छ। यसअघि विभिन्न आयोगका प्रतिवेदनहरू केवल अभिलेखमा सीमित रहँदा कार्यान्वयन कमजोर हुने समस्या उत्पन्न भएको थियो।

यसलाई समाधान गर्दै सरकारले ३० दिनभित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानूनी, प्रशासनिक र अभियोजन प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ।


प्रकाशित : शनिबार, चैत १४ २०८२२१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend