बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

प्रधानमन्त्री शाहलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
प्रधानमन्त्री शाहलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गरेकामा प्रधानमन्त्रीमा शाहलाई बधाई ज्ञापन गरेका हुन्।

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गरेकामा प्रधानमन्त्रीमा शाहलाई बधाई ज्ञापन गरेका हुन्।

उनले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेको बताए। रासस

प्रकाशित : शुक्रबार, चैत १३ २०८२१७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend