काठमाडौं- नेपालमा हुन्डाई, फोरथिङ र केई गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक अफरहरू घोषणा गरेको छ।
चैत ११ गतेदेखि सुरु भएको पाँच दिवसीय अटो शोमा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकका लागि सीमित अवधिको विशेष अभियान ल्याइएको छ।
अटो शो पोखराको लेकसाइडस्थित भचैत १५ सम्म तालबाराही चोकमा जारी छ। प्रदर्शनीमा ग्राहकले फोरथिङ फ्राइडेमा ७ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।
प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे ६४.४ किलोवाट आवर क्षमताको उत्कृष्ट ब्याट्रीसहित उपलब्ध छ। १८५ मिलिमिटरर ग्राउण्ड क्लियरेन्स र डब्लूएलटीपीअनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनेको छ।
उत्कृष्ट प्रदर्शन, सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको संयोजनले यो ग्राहकको रोजाइमा परिरहेको छ।
फोरथिङका साथै लक्ष्मी ग्रुपले वाडा अटो शोमा आफ्नो हुन्डाई र केई लाइनअपमा पनि आकर्षक अफर ल्याएको छ।
