बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फोर्डका एसयूभी वा पिकअप किन्दा एउटा विद्युतीय कार सित्तैमा

शुक्रबार, चैत १३ २०८२
फोर्डका एसयूभी वा पिकअप किन्दा एउटा विद्युतीय कार सित्तैमा

फोर्डका एभरेष्ट, र्‍याप्टर र रेन्जर खरिद गर्ने ग्राहकहरूले एउटा नयाँ विद्युतीय कार नि:शुल्क प्राप्त गर्नेछन्।

काठमाडौं- नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले ग्राहकहरूका लागि एउटा अभूतपूर्व अफर सार्वजनिक गरेको छ। नेपालमै पहिलो पटक फोर्डका प्रिमियम एसयूभी र पिकअपहरू किन्ने उपभोक्ताले विद्युतीय कार पाउने भएका छन्। 

फोर्डका एभरेष्ट, र्‍याप्टर र रेन्जर खरिद गर्ने ग्राहकहरूले एउटा नयाँ विद्युतीय कार नि:शुल्क प्राप्त गर्नेछन्। कम्पनीले केईको इक्युट टू ईभी कार पाउने छन्।

यो नयाँ अफरले ग्राहकहरूलाई फोर्डको प्रिमियम लाइनअपको अतुलनीय शक्ति, प्रदर्शन र विश्वसनीयताको आनन्द लिनुका साथै विद्युतीय सवारीको दक्षता र सुविधाको अनुभव गर्ने मौका दिनेछ। 

बढ्दो इन्धनको मूल्य र दिगो यातायात प्रतिको बढ्दो चासोलाई मध्यनजर गर्दै फोर्ड नेपालले ग्राहकहरूलाई दुवै संसारको उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास फोर्ड नेपालको छ। एउटा खरिदमा लामो यात्राका लागि एउटा बलियो फोर्ड र दैनिक सहरको यात्राका लागि एउटा ईभी पाइने जीओ फोर्डको भनाइ छ।

नेपालकै पहिलो र नौलो अफर हो। ग्राहकहरूलाई फोर्डको रोमाञ्चक अनुभव र इलेक्ट्रिक ड्राइभिङको व्यवहारिकता दुवै एउटै प्याकेजमा उपलब्ध गराउने फोर्डले जनाएको छ।

फोर्डका कुनै पनि प्रिमियम मोडलहरू एभरेष्ट, र्‍याप्टर वा रेन्जर खरिद गर्ने ग्राहकहरूले अब एउटैको मूल्यमा दुईवटा गाडी घर लैजान सक्नेछन्। यो विशेष अफर नेपालभरका फोर्ड प्रेमीहरूलाई थप मूल्य, सुविधा र विकल्प प्रदान गर्नका लागि डिजाइन गरिएको हो।

जीओ फोर्ड नेपालमा फोर्ड उत्पादनहरूको एकमात्र आधिकारिक बिक्रेता हो। जुन विश्वस्तरीय सेवा र ग्राहक सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध छ। यसको सुविधाहरूमा काठमाडौंको थापाथलीमा ४६ सय वर्ग फिटको शोरुम र अत्याधुनिक मेसिन तथा दक्ष कर्मचारीहरू सहितको १८ हजार वर्ग फिटको वर्कसप समावेश छ। फोर्डका ग्राहकहरूले कम मर्मत खर्च, स्पेयर पार्ट्सको सहज उपलब्धता र पैसाको सही सदुपयोगबाट लाभ उठाउन सक्छन्।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend