बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

निशा मेहता : नर्सदेखि स्वास्थ्यमन्त्रीसम्म

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
निशा मेहता : नर्सदेखि स्वास्थ्यमन्त्रीसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या एवं खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता नियुक्त भएकी छिन्।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन्। पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन्। उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन्।

सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट ‘नर्सिङ’मा स्नात्तकोत्तर गरेकी छिन्। उनले विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपप्राध्यापक रूपमा काम गरेकी छिन्।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend