बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा पदभार ग्रहण, श्वेतपत्र तयार पार्न काम सुरु

शुक्रबार, चैत १३ २०८२
अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा पदभार ग्रहण, श्वेतपत्र तयार पार्न काम सुरु

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

काठमाडौं- नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। 

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गरेसँगै उनले अर्थतन्त्रको अहिलेसम्मको अवस्थाबारे श्वेतपत्र  तयार पार्नका लागि काम सुरु भइसकेको बताए। त्यसका लागि टिम तयार भएको र पाँच दिनभित्र रिपोर्ट दिने उनले जानकारी दिए। 

२०८२ चैत्र १२ गतेसम्मको 'आर्थिक स्थितिपत्र' तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने काम सुरु भएको हो। 

यस्तै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने काम पनि हुने उनले बताएका छन्।

निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक-कानूनी सुधारको मार्गचित्र बनाउने काममा पनि अर्थमन्त्री वाग्ले लाग्ने छन्। 

अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री : घरेलु नीति निर्माणमा दशकको अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धमा अब्बल अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री : घरेलु नीति निर्माणमा दशकको अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धमा अब्बल


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend