बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

को हुन् सञ्चारमन्त्री बनेका विक्रम तिमिल्सिना?

शुक्रबार, चैत १३ २०८२
को हुन् सञ्चारमन्त्री बनेका विक्रम तिमिल्सिना?

उनले विद्यालय तहको शिक्षा गाउँबाटै र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाज शास्त्रमा स्नातकोत्तर गरेका हुन्।

काठमाडौं- नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद डा. विक्रम तिमिल्सिना बालेन सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन्। शुक्रबार गठन भएको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा तिमिल्सिना सञ्चारमन्त्रीका रुपमा नियुक्त भएका हुन्।  

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तिमिल्सिनाले रास्वपाबाट पहिलो प्रयासमै जित हासिल गरेका हुन्। राजनीतिमा लामो यात्रा गरिसकेका कांग्रेसका  डा. प्रकाशशरण महत, नेकपाका हितबहादुर तामाङ, एमालेका बद्री मैनालीलगायतलाई पछि पार्दै उनले संसद्को यात्रा सुरु गरेका हुन्।

२०३९ सालमा नुवाकोटको साविक चौघडा-९ तथा हालको पञ्चकन्या गाउँपालिका-१ मा जन्मेका तिमिल्सिना सामान्य परिवारका हुन्। उनको परिवारका कुनै पनि सदस्य राजनीतिसँग जोडिएका छैनन्। तर उनी भने विद्यालय तहदेखि नै राजनीतिमा चासो राख्थे। बाल्यकालको यही राजनीतिक चेतले उनलाई संसद्सम्म डोर्‍याएको हो। 

उनले विद्यालय तहको शिक्षा गाउँबाटै र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाज शास्त्रमा स्नातकोत्तर गरेका हुन्। त्यसपछि अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन्।

विद्यावारिधि गरेको करिब साढे ३ वर्षपछि उनी नेपाल फर्किए। २०८० उनी रास्वपासँग आबद्ध भएसँगै रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय विभागको सदस्यका बनेका थिए। औपचारिक रुपमा यो नै उनको राजनीतिको पहिलो पाइला थियो।  

उनीसँग रेडियो पत्रकारिताका साथै अनुशन्धान, अध्यापन र नीति बहसको लामो अनुभव छ। मन्त्रीका रुपमा तिमिल्सिना पहिलोपटक सिंहदरबार प्रवेश गर्दैछन्। 


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend