काठमाडौं- नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ५० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ७० रुपैयाा कायम भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
