बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

वीरगञ्ज नाकाबाट सात महिनामा ५ खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँको आयात

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
वीरगञ्ज नाकाबाट सात महिनामा ५ खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँको आयात

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए।

पर्सा- चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै ५ खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँबराबरको वस्तु तथा सामान भित्रिएका छन्।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा५८ अर्ब ९१ करोड रुपैयाँ अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ। गत आवको सात महिनामा भने ५ अर्ब ३६ करोड ५५ करोड रुपैयाँको वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए।

वीरगञ्ज हुँदै चालु आवको सात महिनामा १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँको पाँच थरीका पेट्रोलियम पदार्थ आयात भएको छ भने सोही अवधिमा ५२ अर्ब ७५ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ।

साथै ४२ अर्ब ४८ करोड रुपैयाँको मेसिनरी पार्टपुर्जा, ४१ अर्ब २० करोड रुपैयाँको भटमासको कच्चा तेल, ३० अर्ब ९१ करोड रुपैयाँको इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, २८ अर्ब ५९ करोड रुपैयाँको मलखाद र २३ अर्ब ७१ करोड रुपैयाँको कपडा आयात भएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend