बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

आईआईडीएसमा अध्यक्षको जिम्मेवारी विश्वास गौचनलाई

स्वर्णिम वाग्लेको नेतृत्वमा कोमामा पुगेको थिंक ट्यांकको पुर्नजागरण भएको थियो

शुक्रबार, चैत १३ २०८२
आईआईडीएसमा अध्यक्षको जिम्मेवारी विश्वास गौचनलाई

प्रभावशाली तथा अनुभवी अर्थशास्त्री, प्रशासकहरूको सक्रियतामा स्थापना तथा सञ्चालन भएपनि यसले लय गुमाउँदै गएको थियो।

काठमाडौं- घरेलु थिंकट्यांक आईआईडीएसको अध्यक्षको जिम्मेवारी विश्वास गौचनले पाएका छन्। यसअघि कार्यकारी अधिकृत रहेका गौचनलाई संस्थाको अध्यक्षकोसमेत जिम्मेवारी दिइएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएपछि गौचनलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो। पछिल्लो १० वर्षदेखि वाग्ले अध्यक्ष थिए भने ६ वर्षदेखि गौचन कार्यकारी अधिकृत थिए। वाग्लेको नेतृत्व र गौचनको सक्रियमा यो थिंक ट्यांकको पुर्नजागरण भएको थियो। 

कसरी भएको थियो पुर्नजागरण? 

सन् १९७९ मा स्थापना भएको आईआईडीएस कुनै साधारण संस्था थिएन। नेपालको विकास नीतिमा अनुसन्धानको परम्परा बसाल्ने उद्देश्यले जन्मिएको यसले विशेषगरी १९९० को दशकमा उल्लेखनीय प्रभाव छाडेको थियो। जलस्रोत व्यवस्थापन, गरिबी निवारण, ग्रामीण विकास र संरचनागत सुधारजस्ता विषयमा गरिएका अध्ययनहरूले सरकारी निर्णय प्रक्रियामा ठोस आधार प्रदान गर्थे। त्यो समय आईआईडीएस केवल अनुसन्धान केन्द्र मात्र थिएन यो नीति बहसको ‘नर्भ सेन्टर’ थियो। तर समयसँगै संस्थागत ऊर्जा क्षीण हुँदै गयो। दातृ निकाय–केन्द्रित परियोजना, कन्सल्टेन्सी मोडेल र सीमित प्रभावको घेरामा संस्था क्रमशः खुम्चिँदै गयो। 

 

प्रभावशाली तथा अनुभवी अर्थशास्त्री, प्रशासकहरूको सक्रियतामा स्थापना तथा सञ्चालन भएपनि यसले लय गुमाउँदै गएको थियो। तरि सन् २०१५ मा वाग्ले अध्यक्ष भएपछि यसले गति लियो। वाग्लेको अन्तर्राष्ट्रिय एक्सपोजर तथा घरेलु प्रभावले गर्दा यसले तत्काल गुमेको प्रभाव प्राप्त गर्न सफल भएको छ। 


प्रकाशित : शुक्रबार, चैत १३ २०८२०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend