काठमाडौं- कार्यभार सम्हाल्ने मन्त्रीपिच्छे पहिलो निर्णयमा हस्ताक्षर गर्ने कर्मकाण्ड तोडिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा आजै बन्ने सरकारले मन्त्री होइन मन्त्रिपरिदले नै वृहत निर्णय गर्ने भएको छ।
आजै १२:३४ मा प्रधानमन्त्रीको सपथ हुने र त्यसपछि २ बजेपछि कार्यभार सम्हाल्ने बालेनको तयारी छ।
रास्वपा निकट नेताहरुका अनुसार पूर्ण मन्त्रिपरिषद आजै गठन हुने भएपनि अहिलेसम्म मन्त्रीहरूको नाम फाइनल भएको छैन।
मन्त्रीहरूले कार्यभार सम्हाल्दा फरक फरक निर्णय गर्ने भन्दा पनि सय दिनमा गर्ने एक सय निर्णय गर्नका लागि प्रधामन्त्रीको समूहले तयारी गरेको र यसका लागि मुख्यसचिवसँग सहकार्य भइरहेको छ।
मुख्यसचिवले पनि प्रत्येक मन्त्रालयबाट सम्भावित कार्यसूची मगाएका छन्। यी सबै निर्णय मन्त्रिपरिषदबाट गर्ने तयारी छ।
जनतालाई राहत हुने र सेवाप्रवाहमा सहज हुने खालका निर्णय गर्ने तयारी रहेको छ।