बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

प्रधानमन्त्रीमा पदभार ग्रहणलगत्तै दर्जनौँ सुधारका कार्यक्रम घोषणा गर्दै बालेन शाह

बिहीबार , चैत १२ २०८२
प्रधानमन्त्रीमा पदभार ग्रहणलगत्तै दर्जनौँ सुधारका कार्यक्रम घोषणा गर्दै बालेन शाह

पदभार ग्रहणलगत्तै उनले एकैपटक दर्जनौँ सुधारका कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन्। विगतका सरकारहरूको परम्परागत निर्णय प्रक्रियाभन्दा फरक ढंग अपनाउँदै उनले पहिलो दिनमै परिणाममुखी र नागरिकमैत्री सुधार अघि सार्ने संकेत दिएका हुन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुने तयारीमा रहेका छन्। उनले रामनवमी का दिन भोली शुक्रबार चैत १३ गते दिउँसो १२ः३४ बजे सपथ लिने र सोही दिन अपराह्न २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

पदभार ग्रहणलगत्तै उनले एकैपटक दर्जनौँ सुधारका कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन्। विगतका सरकारहरूको परम्परागत निर्णय प्रक्रियाभन्दा फरक ढंग अपनाउँदै उनले पहिलो दिनमै परिणाममुखी र नागरिकमैत्री सुधार अघि सार्ने संकेत दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सबै मन्त्रालयबाट संकलित सुधारका योजनाहरूको अध्ययन अन्तिम चरणमा पुगेको छ। ती योजनामध्ये कम्तीमा ५० वटा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत गरी सार्वजनिक गर्ने तयारी छ। हरेक मन्त्रालयबाट न्यूनतम पाँचवटा सुधार प्रस्ताव माग गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूलाई पठाएको निर्देशनअनुसार सुधारका कार्यक्रमहरू न्यून लागतमा कार्यान्वयन गर्न सकिने, नागरिकका गुनासा प्रत्यक्ष सम्बोधन गर्ने र बढीमा १०० दिनभित्र सम्पन्न गर्न सकिने खालका हुनुपर्ने मापदण्ड राखिएको थियो। यससँगै प्रत्येक योजनामा स्पष्ट समयसीमा र जिम्मेवारी तोकिने व्यवस्था गरिएको छ।

नयाँ सरकारको यो कार्यशैलीलाई ‘ब्रेकथ्रु’ प्रयासका रूपमा हेरिएको छ। पदभार ग्रहणको सुरुवातमै प्रशासनिक सुधार, सेवा प्रवाहमा तीव्रता र जनअपेक्षा सम्बोधनमा केन्द्रित कार्यक्रम ल्याउने तयारीले सरकारको प्राथमिकता स्पष्ट पार्ने विश्वास गरिएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो। पार्टी सभापति रवि लामिछाने ले प्रस्तुत गरेको प्रस्तावमा सर्वसम्मत समर्थन जनाएपछि उक्त निर्णय पारित भएको हो।

निर्णयपछि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संसदीय दलको नेताको जानकारी गराइएको छ। त्यसपछि नेपालको संविधानको धारा ७६(१) अनुसार राष्ट्रपतिले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्दैछ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १ सय ८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेपछि एकल सरकार गठनको मार्ग प्रशस्त भएको हो। यससँगै नयाँ सरकार गठनको अन्तिम तयारी पूरा भइसकेको छ।


प्रकाशित : बिहीबार , चैत १२ २०८२२२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend