काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवा सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकका लागि बिहीबारदेखि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताए।
कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताए।
डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएसमा प्रयोग गर्न सकिने, मास्टरकार्ड को क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, मास्टरकार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने बैंकले जनाएको छ।
बैंकले गत वर्षदेखि नै आफ्ना एटीएममा मास्टरकार्ड स्वीकार गर्दै आएको थियो।
