काठमाडौं- एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ।
सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपांग महासंघ नेपालको सहकार्यमा सञ्चालन गरिएको अपांगता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रमअन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्री वितरण गरिएको हो। कार्यक्रमका लागि एनएमबीले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख अनसरा बोहरा, एनएमबी बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजररमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुवेदीलगायत उपस्थित थिए।
एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
