बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उत्साहजनक सहभागितामा सुरु भयो एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज

दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

बिहीबार , चैत १२ २०८२
उत्साहजनक सहभागितामा सुरु भयो एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज

कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त ईभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ।

काठमाडौं- एमएडब्लू वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ। ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ। 

कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त ईभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ। 

बिहीबारदेखि शनिबारसम्म काठमाडौंको सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौंबाहिर दिपल र नामीका आआफ्ना शोरुमा चल्ने मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोन, निशुल्क बीमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्टेन्डेड वारेन्टी जस्ता लाभ प्राप्त गर्न सक्नेछन्।

कार्निभलको पहिलो दिनमै उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको छ जसले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचीलाई प्रतिबिम्बित गर्दछ। 

नेपाल दिगो यातायाततर्फ तीव्र रुपमा अघि बढिरहेको बेला एमएडब्लू वृद्धि नवीन र ग्राहककेन्द्रित पहलमार्फत विद्युतीय सवारी स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेन्ज सुविधाहरुका कारण यो कार्निभलमा ग्राहकहरु आकर्षित भइरहेका हुन्।

उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कानिर्भलमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरु समेत राखिएका छन् जसले सबै उमेर समूहका आगन्तुलाई रमाइलो र अन्तरक्रियात्म अनुभव प्रदान गरिरहेको छ।


प्रकाशित : बिहीबार , चैत १२ २०८२१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend