बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १२ २०८२
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ।

काठमाडौं- प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

धादिङको गंगाजमुना गाउँपालिका-७ फुलखर्क घर भइ हाल काठमाडौं तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१७ घर भइ हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २८ वर्षीय प्रदिप गुरूङ, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-९ घर भइ काठमाडौं महानगरपालिका-२६ सामखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवाको नौकुण्ड गाउँपालिका-५ घर भइ काठमाडौं महानगरपालिका-२६ बस्ने २८ वर्षीय सागर कामी र भारतको महाराष्ट्रको सोलपुर जिल्ला तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भइ काठमाडौं महानगरपालिका-१५ बस्ने २८ वर्षीय गौरव गुणाजी मोरे पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

'काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित एक घरबाट एक दशमलव पाँच तोलाको सुनका सिक्री, एक तोलाको औँठी, आधा तोलाको झुम्का एक जोर, आधा तोलाको तिलहरी, मोबाइल दुई थान र नगद पाँच हजार चोरी भएको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा उक्त चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा निजहरूलाई पक्राउ गरिएको हो' उनले भने।

पहेँलो धातु २३ दशमलव ३० ग्राम र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकलसहित मिति काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बागमती ड्राइभिङ सेन्टर अगाडिबाट निजहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए। रासस


प्रकाशित : बिहीबार , चैत १२ २०८२१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend