बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १२ २०८२
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक बिदा पनि स्वीकृत गर्नुका साथै वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँटका लागि निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

मोरङ- कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको वैठकले प्रदेश भवन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।

त्यसैगरी प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक बिदा पनि स्वीकृत गर्नुका साथै वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँटका लागि निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

बैठकले गत असोज १८ र १९ गते बाढीपहिरो साथै यही चैत १ र २ गते आएको हावाहुन्डरीबाट क्षति भएका क्षेत्रमा पुनः निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रहेको विपद् कोषमा १५ करोड जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , चैत १२ २०८२१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend