काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज बिहीबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ८ सय २० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
