नवलपरासी पश्चिम- यहाँको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म १२ करोड ३० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा १० करोड ६४ लाख ४ सय ३३ रुपैयाँ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो।
भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा १४ प्रतिशत राजस्व संकलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहे पनि कार्यालयले प्रयास गरिरहेको बताए।
चालु आवको साउनमा १ करोड ६४ हजार ५ सय ९७ रुपैयाँ, भदौमा १ करोड ५९ लाख ११ हजार ५ सय ४२ रुपैयाँ, असोजमा १ करोड ९१ लाख ९ सय ५३ रुपैयाँ, कात्तिकमा ८७ लाख २५ हजार २ सय ९७ रुपैयाँ, पुसमा १ करोड २३ लाख ९८ हजार ६ सय ३६ रुपैयाँ र फागुनमा १ करोड ३९ लाख ४५ हजार ५ सय ८४ रुपैयाँ राजस्व असुली भएको उनले जानकारी दिए।
यसैगरी मंसिर महिनामा १ करोड ८३ लाख ३२ हजार ६ सय ८३ रुपैयाँ, माघमा १ करोड ६९ लाख ३० हजार १ सय ४१ रुपैयाँ अर्थात् लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। रासस