बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन

बिहीबार , चैत १२ २०८२
वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

वीरगञ्ज (पर्सा)- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
 

कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व संकलन भएको छ। उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको बताए। 

चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्‍यो। भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब नौ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व स भएको थियो। 

यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ, पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुन १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। रासस


प्रकाशित : बिहीबार , चैत १२ २०८२०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend