बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आयातमुखी अर्थतन्त्रमा थप दबाब

बिहीबार , चैत १२ २०८२
अमेरिकी डलरको भाउ लगातार बढ्दै, आयातमुखी अर्थतन्त्रमा थप दबाब

नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको भाउ निरन्तर उकालो लागिरहेको छ। जसले आयातमुखी नेपाली अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने संकेत देखिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको भाउ निरन्तर उकालो लागिरहेको छ। जसले आयातमुखी नेपाली अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने संकेत देखिएको छ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा कायम भएको छ। पछिल्ला दिनहरूमा डलरको मूल्य क्रमशः बढ्दै जानुले पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा उपभोग्य वस्तुको आयात लागत महँगो बनाउने देखिएको छ।

डलर मजबुत बन्दा नेपालजस्तो आयातमा निर्भर मुलुकमा व्यापार घाटा अझै फराकिलो हुने जोखिम बढ्छ। विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने भएकाले आयातकर्ताको लागत बढ्ने र त्यसको प्रभाव अन्ततः उपभोक्तामा मूल्यवृद्धिको रूपमा पर्ने सम्भावना रहन्छ।

युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क लगायत अन्य प्रमुख मुद्राहरू पनि उच्च स्तरमै कायम रहँदा समग्र विदेशी विनिमयदरमा दबाब देखिएको छ। यसले अन्तर्राष्ट्रिय बजारसँग जोडिएको मूल्य प्रणालीमा थप अस्थिरता ल्याउने विश्लेषण गरिएको छ।

विशेषज्ञहरूका अनुसार डलरको निरन्तर मजबुतीले नेपालमा मुद्रास्फीति बढाउने, विदेशी ऋणको भार महँगो बनाउने तथा विदेशी मुद्रा सञ्चितिमा दबाब पार्ने जोखिम रहन्छ। यद्यपि, विप्रेषण आम्दानी डलरमा आउने भएकाले त्यसतर्फ भने केही सकारात्मक प्रभाव देखिन सक्ने बताइन्छ।


प्रकाशित : बिहीबार , चैत १२ २०८२०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend