काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेल दुबैको मूल्य समायोजन गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।
त्यस्तै, डिजेल र मट्टीतेलमा पनि समान रूपमा प्रतिलिटर १५ रुपैयाँ बढाइएको छ। नयाँ समायोजनपछि डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढावलाई आधार बनाएर मूल्य समायोजन गरिएको निगमले जनाएको छ।