बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सरकारले समायोजन नगरे स्वघोषित भाडा बढाउने यातायात व्यवसायीको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ११ २०८२
सरकारले समायोजन नगरे स्वघोषित भाडा बढाउने यातायात व्यवसायीको घोषणा

२०६५ सालदेखि लागु वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकको आधारमा भाडा समायोजन हुनुपर्ने भए पनि त्यसरी काम भएको छैन।

काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे स्वघोषित भाडा वृद्धि गरेर सेवा सञ्चालन गर्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ।

महासंघका अनुसार व्यवसायीहरू लामो समयसम्म घाटामा सेवा सञ्चालन गर्न असमर्थ भएकाले तत्काल भाडा समायोजन आवश्यक छ।

गत चैत १२ गते नेपाल आयल निगमले २०८२ चैत १२ गते राति १ बजेबाट लागु हुनेगरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। यससँगै भविष्यमा पुनः मूल्यवृद्धि हुन सक्ने उल्लेख गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्य वृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकार र सम्बन्धित निकायमा माग राखेको छ। महासंघले भाडा समायोजनका लागि विज्ञप्तिमार्फत सार्वजनिक अनुरोध गरिसकेको थियो।

यसअघि यातायात व्यवस्था विभागले मूल्यवृद्धिका कारण सार्वजनिक यातायात भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरेको थियो। २०६५ सालदेखि लागु वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकको आधारमा भाडा समायोजन हुनुपर्ने भए पनि त्यसरी काम भएको छैन।

पत्राचार अनुसार सार्वजनिक यात्रुवाहक भाडा ११.३३ प्रतिशत, मालवाहक (तराई) ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशत वृद्धि गर्न सुझाव दिइएको थियो। महासंघले मन्त्री, सचिव र सहसचिवलाई पटक-पटक भेटेर भाडा समायोजनको माग गर्दा पनि अहिलेसम्म सुनुवाइ भएको छैन।


प्रकाशित : बुधबार, चैत ११ २०८२१८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend