बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ११ २०८२
एनआईसी एसिया बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं- एनआईसी एसिया बैंकले 'ग्लोबल मनी विक २०२६' को अवसरमा देशभर सप्ताहव्यापी रूपमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गरेको छ।

यस वर्षको ग्लोबल मनी विकअन्तर्गत बैंकका सातै प्रदेशका शाखाले स्थानीयस्तरका विद्यालय तथा कलेजहरूमा विद्यार्थी तथा युवाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराए। अभियानमार्फत विद्यार्थी तथा युवाहरूमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गरिए।

अभियानअन्तर्गत हप्ताभरिरमा सञ्चालन भएका ६७ भन्दा धेरै कार्यक्रमबाट मुलुकभरका ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन्।

बैंकले वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिलाई अझ व्यापक बनाउन विभिन्न सामग्रीहरू निर्माण गरी बैंकका सामाजिक सञ्जालमा प्रकाशन गरेको थियो। 


प्रकाशित : बुधबार, चैत ११ २०८२१६:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend