पोखरा- ओमोडा एण्ड जेइकोको पोखराका लागि आधिकारिक डिलर इलिट मोटर्स प्रालिले बहुप्रतीक्षित जेइको जेसिक्स टी सार्वजनिक गरेको छ। पोखराको लेकसाइडमा चैत १२ गतेदेखि जारी 'वाडा अटो शो'मा गाडी सार्वजनिक गरिएको हो।
यसअघि जेइको जेसिक्सले पाएको सफलतापछि नयाँ जेसिक्स टी अझ शक्तिशाली र रग्ड डिजाइनका साथ पोखराका ग्राहकका लागि आएको हो। सीमित अवधिका लागि ग्राहकहरूले यो गाडी विशेष प्रारम्भिक अफरअन्तर्गत मात्र ६६ लाख ९९ हजार रुपैयाँ खरिद गर्न सक्नेछन्। यसको अधिकतम खुद्रा बिक्री मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यस गाडीलाई पो'वाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ। इच्छुक ग्राहकहरूले स्टलमा गइ गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
अल-रोडर जेइको जेसिक्स टीमा रियर-माउन्टेड मोटर छ जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आइरन फस्फेट (एलएफपी) सीएटीएल ब्याट्री जडान गरिएको छ जसले ४३२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।
साथै २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४४३३ मिलिमिटर लम्बाइ, १९१६ मिलिमिटर चौडाइ, १७४१ मिलिमिटर उचाइ तथा २७१५ मिलिमिटर ह्वीलबेसमा उपलब्ध छ। गाडीमा १९ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचर समावेश छन्।
यसअघि जेइको जेसिक्समा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ४०० किलोमिटर ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जेइको जेसिक्स टीमा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ। जेइको जेसिक्सको सफल आधारलाई थप मजबुत बनाउँदै जेसिक्स टीले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि यो उपयुक्त रहेको कम्पनीको दाबी छ।
नयाँ जेइको जेसिक्स टी अहिले वाडा अटो शोमा प्रदर्शनीका लागि र पोखरास्थित इलिट मोटर्सको शोरुममा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ। दिगो विद्युतीय शक्ति र अफ-रोड क्षमताको खोजीमा रहेका एसयूभीप्रेमीका लागि यो उपयुक्त विकल्प रहेको कम्पनीले जनाएको छ।
