बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट

अस्पतालका सेयर होल्डर तथा कर्मचारीलाई बैंकको क्रेडिट कार्डमा सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ११ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट

काठमाडौं- एनआईसी एसिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवाका सेयर होल्डरलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ। 

समझदारीपत्रमा बैंकका काठमाडौं नर्थका सर्कल हेड सुदिनकुमार लामा  र हस्पिटलका निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन्।

समझदारीसँगै बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य सेयर होल्डरले बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवा प्राप्त गर्नेछन्।

साथै ग्राहकहरूको थप सेवासुविधाका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटीएम सेवा सञ्चालन गरिने समझदारीपत्रमा उल्लेख छ।


प्रकाशित : बुधबार, चैत ११ २०८२१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend