शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

त्रिवेणी समूहले लियो रोयल इनफिल्ड 

आइतबार, चैत ६ २०७८
त्रिवेणी समूहले लियो रोयल इनफिल्ड 

ठूला व्यावसायिक घरानाबीच भएको प्रतिस्पर्धामा रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता बन्ने बाजी त्रिवेणी समूहले मारेको हो।  

काठमाडौं- दुईपांग्रे सवारी ब्रान्ड रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेतामा त्रिवेणी समूह छानिएको छ। पुरानो आधिकारिक बिक्रेताबाट असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले नेपालमा नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको हो।

यसअघि नेपाली बजारमा रोयल इनफिल्डका मोटरसाइकल दुगड समूहले बिक्री गर्दै आएको थियो। विगत २० वर्षदेखि रोयल इनफिल्डको आधिकारिक बिक्रेता रहेको विवेक अटोमोबाइल्स प्रालीबाट यो ब्रान्ड खोसिएको हो। 

रोयल इनफिल्ड इन्डियाले विवेक अटोमोबाइल्स २०२२ मे ८ सम्ममात्र आधिकारिक बिक्रेता कायम रहने बताएको छ। युरोपेली ब्रान्ड रोयल इनफिल्डले विवेक अटोमोबाइल्सबाट खोसिने निश्चित भएपछि ठूला व्यवसायिक घरानाले आधिकारिक बिक्रेता हुन लागिपरेका थिए। 

दुगड ग्रुपबाट खोसियो रोयल इनफिल्ड  दुगड ग्रुपबाट खोसियो रोयल इनफिल्ड 

ठूला व्यवसायिक घरानाबीच भएको प्रतिस्पर्धामा रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता बन्ने बाजी त्रिवेणी समूहले मारेको हो।  

नेपाली अटोमोबाइल बजारमा अग्रणी व्यवसायिक समूहमध्येको एक दुगड समूह पछिल्लो समय कारको व्यवसायबाट बाहिरिन बाध्य भएको थियो। दुगड समूहले बिक्री गर्दै आएको जापानी कम्पनी निसानको आधिकारिक बिक्रेता सारडा समूहले खोसेको थियो। सन् २०१७ मा दुगड समूहबाट सारडा समूहले निसान लगेको थियो। 

२०२२ मा आइपुग्दा दुगड समूहले रोयल इनफिल्ड ब्रान्डसमेत गुमाएको हो। अब विवेक अटोमोबाइलसँग भेस्पा र अप्रिलिया ब्रान्डका दुईपांग्रे सवारी बाँकी छन् भने अन्य कमर्सियल सवारी बाँकी छन्। 

त्रिवेणी समूह नेपालमा उत्पादनदेखि सेवा क्षेत्रमा संलग्न छ। उत्पादनमा निर्माण सामग्री, कृषिजन्य वस्तुमा सहभागी यो समूहले सिमेन्ट, धागो, चिया, दाना, ग्यास, तेल, चीनी, दाल, चामल, साबुनजस्ता उत्पादन गरिरहेको छ। 

बैंक तथा इन्स्योरेन्स, ऊर्जा, शिक्षा तथा मनोरञ्जन क्षेत्रमा पनि त्रिवेणीको लगानी छ। त्रिवेणीले विभिन्न उत्पादनको बिक्री वितरण गरिरहेको छ। कस्मेटिकदेखि घरयासी सामग्रीसम्मको व्यापारमा यो समूह संलग्न छ।

अटोमोबाइल व्यवसायमा भने त्रिवेणी समूह आधिकारिक बिक्रेताको रुपमा पहिलोपटक प्रवेश गरेको हो। यो समूहले अब बेलायती ब्रान्ड रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमा बिक्री गर्ने छ। 


प्रकाशित : आइतबार, चैत ६ २०७८१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend